बालश्रम निवारण तथा व्यवसायजन्य सुरक्षा शाखा
बालश्रम निवारण तथा व्यवसायजन्य सुरक्षा शाखा
सामाजिक सुरक्षा कोष
सामान्य प्रशासन तथा योजना महाशाखा
सूचना व्यवस्थापन महाशाखा
कोष व्यवस्थापन महाशाखा
लगानी व्यवस्थापन महाशाखा
कार्य विवरण
- बालश्रम निवारणसँग सम्बन्धित नीति, कानून, योजना तर्जुमा तथा नियमनसम्बन्धी कार्य गर्ने,
- बालश्रम निवारणसम्बन्धी अध्ययन,अनुसन्धान,सेमिनार,तालिम, गोष्ठी आदि कार्यक्रमहरू संचालन गर्ने,
- बालश्रम निवारणसम्बन्धी कार्यक्रम,निरीक्षण तथा अनुगमन गर्ने,
- बालश्रम विरुद्ध जनचेतना जगाउन प्रचार-प्रसारसम्बन्धी कार्य गर्ने,
- बालश्रम निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम संगठन(ILO),आईपेक,जी.टी.जेड.तथा अन्य दातृ राष्ट्र तथा संघ संस्थाहरुसंग समन्वय गर्ने,
- बालश्रम निवारण, सम्बन्धी अध्ययन, अनुसन्धान,तथ्यांक संकलन,अद्यावधिक तथा विश्लेषणसम्बन्धी कार्य गर्ने,
- व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षासम्बन्धी नीति,कानून,योजना तर्जुमा तथा नियमनसम्बन्धी कार्य गर्ने,
- व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षासम्बन्धी अध्ययन,अनुसन्धान,सेमिनार,गोष्ठी आदि कार्यक्रम गर्ने,
- प्रतिष्ठानमा कार्यरत कामदार कर्मचारीहरुको व्यवसायजन्य सुरक्षासम्बन्धी कार्य गर्ने,
- बालश्रम निवारण समिति र बालबालिका विकास तथा पुर्नस्थापना कोष संचालक समितिसम्बन्धी कार्य गर्ने ।
- औद्योगिक प्रतिष्ठानहरुमा व्यवसायजन्य सुरक्षा लगायतका चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने,
- शाखासँग सम्बन्धित विषयमा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने,
- श्रमिक कल्याण शाखासँग समन्वय गरी ट्रेड युनियन अधिकार र ट्रेड युनियनले व्यवसायिकता प्रवर्द्धनमा खेल्नुपर्ने भूमिकाको विषयमा सेमिनार तथा गोष्ठी आयोजना गर्ने,
- सम्बन्धित क्षेत्रका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी तथा अन्य अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समन्वय तथा सहजीकरणसम्बन्धी कार्य गर्ने,
- तोकिएबमोजिमका अन्य कार्यहरु गर्ने ।