श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा
श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा
सामाजिक सुरक्षा कोष
सामान्य प्रशासन तथा योजना महाशाखा
सूचना व्यवस्थापन महाशाखा
कोष व्यवस्थापन महाशाखा
लगानी व्यवस्थापन महाशाखा
कार्य विवरण
- श्रमसम्बन्धी राष्ट्रिय नीति तर्जुमागर्ने गराउने,
- श्रम सम्बन्धी ऐन नियमहरुको तर्जुमा तथा परिमार्जन सम्बन्धी कार्य गर्ने गराउने,
- श्रमशक्ति र श्रम बजारसम्बन्धी अध्ययन, सर्वेक्षण, अनुसन्धान, तथ्याङ्क सङ्कलन तथा विश्लेषण सम्बन्धी कार्य गर्ने गराउने,
- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका श्रमसम्बन्धी प्रतिवेदनहरुको संकलन सम्बन्धी कार्यहरु गर्ने गराउने,
- अन्तर्राष्ट्रिय श्रम संगठन(International Labour Organization) सम्बन्धी कार्य गर्ने गराउने,
- औद्योगिक विवाद समाधानसम्बन्धी कार्य गर्ने गराउने,
- विदेशी कामदारहरुको श्रम स्वीकृति व्यवस्थापनसम्बन्धी कार्य गर्ने गराउने,
- ट्रेड यूनियन सम्बन्धी राष्ट्रिय नीति,कानून तर्जुमा र नियमनसम्बन्धी कार्य गर्ने गराउने,
- महाशाखासँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय सम्पर्कसम्बन्धी कार्यहरु गर्ने गराउने,
- बालश्रम निवारणसंग सम्बन्धित अन्तराष्ट्रिय संघसंस्थाहरुसंगको सम्पर्क, सहकार्य तथा समन्वय गर्ने गराउने,
- बालश्रम निवारणसम्बन्धी नीति, कानून तर्जुमा र नियमनसम्बन्धी कार्य गर्ने गराउने,
- बालश्रम निवारणसम्बन्धी अध्ययन, अनुसन्धान,सर्वेक्षण,सूचना र तथ्यांक संकलन तथा विश्लेषणसम्बन्धी कार्य गर्ने गराउने,
- बालश्रम निवारणसम्बन्धी व्यवस्थापन तथा जनचेतना जगाउन प्रचार प्रसार गर्ने गराउने,
- बालश्रम निवारण विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी सेमिनार सम्मेलनसम्बन्धी कार्यहरु गर्ने गराउने,
- व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा विषयमा नीति, कानून र नियमनसम्बन्धी कार्य गर्ने गराउने,
- श्रमिक एवं सामाजिक सुरक्षा सम्बन्धी राष्ट्रिय नीति, कानून,मापदण्ड, कार्यक्रम र नियमनसम्बन्धी कार्य गर्ने गराउने,
- सामाजिक सुरक्षा कोषसम्बन्धी नीति, कानून तर्जुमा,कोष संचालन तथा नियमन, यस विषय सम्बद्ध राष्ट्रिय तथा अन्तराष्ट्रिय निकाय र संघसंस्थासंग सम्पर्क, समन्वय र सहकार्यसम्बन्धी कार्य गर्ने गराउने,
- सामाजिक सुरक्षा कोष र श्रमिक कल्याणसम्बन्धी कार्यहरु गर्ने गराउने,
- रोजगारउन्मुख,सीपमूलक एवं व्यवसायिक तालिमसम्बन्धी राष्ट्रिय नीति तर्जुमा र सो को नियमन गर्ने गराउने,
- श्रमिक तथा रोजगारदाताको कर्तव्य,दायित्व,कार्य संकृति र व्यवहार सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरुको सञ्चालनका सम्बन्धमा समन्वय गर्ने गराउने,
- सीप विकास तथा तालीमसम्बन्धी नीति, योजना तर्जुमा,समन्वय,अनुगमन, मुल्याङ्कन गर्ने गराउने,
- सीप विकास तालिमसम्बन्धी पाठ्यक्रम तर्जुमा, परिमार्जन, तालिम सञ्चालन मापदण्ड निर्धारण गर्ने गराउने,
- सीप विकास तालिम सञ्चालन, समन्वय र प्रवर्द्धनसम्बन्धी कार्य गर्ने गराउने,
- महाशाखासँग सम्बन्धित विषयमा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने गराउने,
- प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी गर्नुपर्ने आवश्यक कार्यहरु गर्ने गराउने ।